झापा/ आगोले जलेर छातीदेखि पेट सम्मको भागको सबै छाला उक्किए गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि अहिले सम्म २ लाख १३ हजार रुपया संकलन भएको शनिवार देवी बराइली उपचार आर्थिक सहयोग समिति संयोजक नरेश विकले जानकारी दिएका छन् ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा ५ का पाँच वर्षीया बालिका देवी बराइलीको उपचार आर्थिक अभावका कारण हुन नसकेको कुरा सञ्चार माध्यममा आएपछि । नरेश बिकको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको थियो । शनिबार बराइलीको घरमै पुगेर धरान, पथरी, बराहक्षेत्र बाट संकलन भएका सहयोग रकम समितिलाई हस्तान्तरण थियो ।

समिति अनुसार अहिले सम्म संकलित रकमहरुमा धरानबाट संयोजक नरेश बिक, लिलिस पोमु सहितको ४८ हजार ३४० रुपैया, चकरघट्टीबाट संयोजक प्रदिप ढकाल मार्फत ३९ हजार ४१५, लक्ष्मी परियार मार्फत ७ हजार ३ सय, बराहक्षेत्र नगरपालिका बाट ८ हजार, बराहक्षेत्रका महेन्द्र र सम्झना श्रेष्ठ ५ हजार पथरी मिडिया (मेरो मनको टिभी र गरिमा टेलिभिजन) ७० हजार २५ रुपियाँ, कुमारी लिम्बू नडहा मार्फत ३१ हजार ५६४ रुपैया संकलन भएको हो ।

अहिले सम्म संकलीत रकमले बालिका लाई उपचारका लागि आइतबार काठमाण्डू लैजाने तयारी भएको संयोजक नरेश बिकले बताए । उनका अनुसार काठमाण्डूमा वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको लागि चिकित्सहरु संग कुराकानी भएको छ । काठमाण्डूमा उपचारका लागि जनता समाजवादी पार्टीका नेता दलमर्दन कामीका नेतृत्वमा उपचार सहयोग हुने बताइएको छ । उपचारमा सहयोग गर्न वडा समिति र बराहक्षेत्र नगरपालिकाको सिफारिस बनाएर लैजाने तथा एम्बुलेन्सको व्यवस्था मिलाउने कार्य भैरहेको संयोजक विकले बताए ।,

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार