सम्बाददाता- इटहरी/ सुनसरी जिल्लास्थित बराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट तर्जुमा गर्दा नगरक्षेत्रमा कोरोना महामारी संक्रमण नियन्त्रण गर्ने अल्पकालित र दिर्घकालिन कार्यक्रमहरु निर्धारण गरी त्यसैलाई प्राथमिकता दिनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले माँग गरेको छ ।
कोरोना संक्रमितको संङख्या बढि रहेको साथै लकडाउन बाट दैनिक रोजगारीमा गुजारा गर्ने विपन्न बर्ग संकटमा रहेकाले उनिहरुका लागि विशेष राहतको प्याकेज बजेटमा ल्याउनु पर्ने कुरामा ध्यानाकर्षण गराइएको छ । कांग्रेसले आइतवार चक्रघट्टी स्थित पार्टी कार्यालय भवनमा पत्रकार सम्मेलन आयोजना गरी नगरको बजेटमा पाउनु पर्ने प्राथमिकता बारे पार्टीका धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता जगत बहादुर कार्कीले दुई पृष्ठ लामो प्रेस बिज्ञाप्ति बाचन गर्दै नगरपालिमाले गरेको काममा कांग्रेसको दर्जनौ बिमति रहेको उल्लेख गरे । उनले भने ‘नगरपालिकाले कृषकको बालीमा अमेरिकन फौजि किराको प्रकोप नियन्त्रणमा अहिले सम्म कुनै चासौ देखाएको छैन् ।’
नगरपालिकाले वडा ३ मा दूई वटा भवन निर्माण भैरहेको र ती दुवै बडा कार्यालय भवन भनेर प्रचार हुँदा देखिएको अन्यौलतामा वडा ३ को वडा कार्यालय भवन कुन हो भनेर नगरपालिकाले आधिकरीक जानकारी जनता लाई नदिएर गुमराहमा राखेको आरोप लगाइएको छ । वजेट बिनियोजन गर्दा प्रतिपक्षी दल कांग्रेसको सुझाव समेत नलिई वेवस्ता गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लकडाउन पीडित विपन्न वर्ग लाई राहत वितरण गर्न दाताहरुले नगरपालिका लाई खुल्ला हृदयले आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको छ तर नगरपालिकोले राहत कोषमा कति रकम जम्मा भयो, कति रकमको राहत खरिद गरियो औपचारीक रुपमा सार्वजनिक गर्न ढिलाई गर्दै आएको आरोप विज्ञप्तीमा लगाइएको छ । नगरपालिकाले कोरोना महामारीको रोकथामका लागि आवश्यक तयारी गर्न नसकेको आरोप लगाउँदै संक्रमीतको उद्धार र राहतका कार्य प्रभावकारी बनाउन सर्वदलिय छलफल जरुरी भएकामा क्वारेन्टाइन बनाउदा समेत त्यस्तो छलफल नगरिएकोमा कांग्रेसले असुष्टी प्रकट रहेको छ ।
चक्रघट्टि देखि बाङगे बजार सम्म लगाएको सोलार बत्ति गुणस्तरहिन सामाग्री प्रयोग गरी अनिमिता गर्ने कसैलाई कार्वाही समेत नगरेकाले नगरपालिकाले भष्ट्रचार लाई प्रत्यक्ष संरक्षण गरेको साबित भएको आरोप विज्ञप्तीमा लगाइएको छ ।