सम्बाददाता- झापा/ लामो समयको लकडाउनले साना व्यवसायीहरु टाट पल्टिएको अवस्थामा पुगेको गुनासो बढीरहेको बेला नेपालमा कारोणा संक्रमीतको संख्या भने बढ्दै गएको छ । यस्तो बेला लकडाउन लाई कडाईका साथ पालना गराउने प्रहरीको प्रयोसप्रति साना व्यवसायी आक्रोशित बन्न थालेका छन् ।

धरानको भानुचोक स्थित सब्जी मण्डिमा आइतबार यस्तै दृष्य देखीयो । दिउँसोको सबय सब्जी मण्डिमा पसल खुला गरिएको अवस्थामा लकडाउन लाई पालना गराउन पसल बन्द गर्न पुगेको प्रहरी र पसले विच चर्को विवाद भएको हो । धरानमा लकडाउनका बेला सर्वसाधारण लाई अति अवश्यकिय वस्तु, खाद्यान्न लगायत खरिद गर्न व्यवसायीहरु लाई विहान ६ देखी ९ बजे सम्म पसल खुल्ला गर्न दिइएको छ ।

लकडाउनको उक्त नियमको उल्लंघन गर्दै पसल खुला गरेको भनि वडा प्रहरी कार्यालयका सइ हेम लिङ्देनको नेतृत्वमा सब्जी मण्डी पुगेको प्रहरी टाली संग पसलेको विवाद भएको हो । सब्जी मण्डिका व्यपारी रञ्जितले भने ‘प्रहरीले पसल बन्द गर्न भनेपछि पसल बन्द गर्दै थिएँ, एक्कासि सटर तान्दा अलिकतीले टाउकोमा चोट लाग्न बाट बाँचे ।’ उनका व्यापारीहरुको सल्लाह अनुसार दिउँसो ४ बजे मण्डीमा पसलेहरु भेला भएका थिए । यसै विच प्रहरी आएको हो । तर एक्कासि हप्किदप्की गरेपछि व्यापारीहरु पनि आक्रोशी भएका हुन् ।

ब्यापारी माथी प्रहरीले दुव्र्यवहार गरेको खबर पाएपछि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ लगायत पदाधिकारी घट्नास्थाल पुगेका थिए । उनले लामो लकडाउनका कारण ब्यापारीहरु नै भोकै बस्नुपर्ने अवस्था आएको बताउँदै ब्यापारीको सामान कुहिएर जाने अवस्था भएकोले उनिहरुले विक्री गर्न पाउनु पर्नेमा जोड दिए ।

उनले भने ‘निम्न बर्गलाई राहत दिएको छ तर, साना ब्यापारीले कुनै राहत पाएका छैनन् अर्को तिर घरभाडाको चिन्ता बढेको छ ।’ यस्तो अवस्थामा स्थानीय सरकारले साना व्यवासायी लाई राहत पु¥याउने तत्काल निर्णय गर्न आवश्यक भएको उनले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार