फूललाई देख्दा पनि मेरो याद आउछ
भन्छिन्
झझल्कोले हर पल छाँया सरी धाउछ भन्छिन्

भेटेको थिएन अहिलेसम्म मुटु हल्लाउने यति
थाहै नपाई ओठ्ले प्रेमिल गीत गाउँछ भन्छिन्

जवानी कहिले आयो महसुस नै भएन दु:खमा
चंचल मनले अनेकौं चाहना सजाउछ भन्छिन्

कसरी बस्न गयो थाहै नपाई पो यति धेरै माया
छुट्टिएर पो बस्न नसक्ला मन डराउछ भन्छिन्

हुनै सक्दैनौं एक संसार अलग छ हामी बीचमा
यस्तै परिस्थितिले होश हवास उडाउछ भन्छिन्

माया बस्दैमा पाउनै पर्छ भन्ने मान्यता गलत हो
मायामा खुशी खोज्ने मायामा रमाउछ भन्छिन्

वीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार