वाहा ? केही छैन साथी गुजरामा चलेको छ जिन्दगी
बाहिर मुख हाँसे पनि भित्र भित्र जलेको छ जिन्दगी

हेर उद्देश्य त मेरो ऊ त्यो चन्द्रमालाई छुन पुग्नु थियो
तर शिथिल छ यो मन भित्र भित्र गलेको छ जिन्दगी

टालटुल गरि जतन संग सिलायको छु यो मनलाइ
देख्न मात्रै हो बाहिर लछ्क्क फलेको छ जिन्दगी

छिरेन रोशनी दिल भित्र छैन कत्ती पनि मन खुशी
छरेकी छु कृतृम मुस्कान ढपक्क बलेको छ जिन्दगी

धेरै १उच्छ थियो मनोबल अती सुन्दर थिए सपनाहरु
दिएन साथ भाग्यले मलाइ गर्लम्ब ढलेको छ जिन्दगी

✍️दुर्गा थापा मगर बुटवल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार