हजुरआमा तपाईं यति बृद्ध हुनुहुन्छ.. तपाईं एक्लैले दुईजना चोरलाई कसरी समात्न सफ़ल हुनुभयो? प्रहरी सहित घरमा आएका पत्रकार हरुले प्रश्न गरे….

बृद्धआमा: बाबुहरु म तलमुनी भर्‍याङ छेउको खाटमा सुतिरहेकि थिए! सायद दुईजना चोर झालबाट घरभित्र पसेका हुनुपर्छ ! किनकि मैले ढोका भित्रबाट आग्लो लगाएर सुतेकी थिए ! उनिहरुले मलाई खुट्टाले हानेर उठाए र मेरो गर्धनमा छुरा राखेर सोधे: भन दराज कहाँ छ? सुनचाँदी राखानधारन कहाँ राख्ने गरेको छ? र , घरका बाकी मान्छेहरू कहाँ छन?

म , न हडबडाइ नडराइकन बुद्धि विवेक ले काम लिए! र भने: बाबू हो म बुढिलाई उनिहरुले यहाँ एक्लै घर रुङ्नको लागि छाडेर पर रोड नजिकैको नयाँ घरमा बस्नको लागि सबै धान, चामल, गरगहना, सुनचाँदी, मोबाइल महंगो सामानहरु उतै आफुसँगै लिएर गएका छन् …

बाबुहरु तिमिहरु पनि उतै जाऊ …. जानेबेला राम्रोसँग साबुनपानीले हात धुनु सकिन्छभने नुहाउनु पनि…

किन….? चोरहरु आश्चर्यचकित हुँदै सोधे!

बाबू हो मलाई कोरोनाको लक्षण देखा परेको छ ! त्यहिभएर मलाई यहाँ क्वारेन्टाइनमा छाडेर उनिहरु नयाँ घरमा गएका हुन…

मेरो कुरा सुनेर दुईजानै चोर बेहोस भएर लडे! त्यही मौका छोपेर मैले प्रहरिलाई फ़ोन गरि यहाँ भएका सबैकुरा जानकारी गराए र उहाँहरु आएर समात्न सफ़ल भयौं!

केहि पत्रकारले डराउदै सोधे: त्यसोभए के तपाइँलाई साच्चिकै कोरोनाको लक्षण देखा परेको छ …?

बृद्धआमा: हैन बाबुहरु हामी बृद्धअबश्था त्यसै भएका हैनौं जति बृद्ध त्यति बुद्धि-विवेक हुन्छन भन्ने गर्छन् नंया पिडिहरु ! मैलेपनी त्यही हतियार प्रयोग गरेको हुँ , जुन अहिले सत्य साबित भयो…! ??
– सन्तोष कार्की

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार