दिपेश कार्की- बिराटनगर/ थारु समुदायका सामाजिक, सांस्कृतिक तथा अधिकारमुखी बिकासमा केन्द्रिय थारु कल्याणकारीणी सभाव्दारा दुहवीमा निर्मित थारु सभा भवनको दोश्रो तला निर्माण कार्य शुरु गरिएको छ । भवन कल्याणकारीणी सभाको दुहबी नगर समितिले निर्माण गरेको हो । दुहवी वडा -५ मा निर्मित भवनको दोस्रो त

ला थप्ने निर्माण कार्यको सभाका पुर्व सुनसरी जिल्ला सभापति मिलिराम चौधरीले एक कार्यक्रम बीच शनिवार शिलान्यास गरेका हुन् । उक्त अवसरमा सभाका सुनसरी सभापति सुरेन्द्र चौधरी, दुहबी नगर सभापति परमानन्द चौधरी लगायतको उपस्थिति थियो । यस अघि भवनको पहिलो तलामा एक कोठा र सभा हल निर्माण सम्पन्न भैसकेको छ । सभाका जिल्ला सभापति चौधरीका अनुसार पुर्व उपप्रधानमन्त्री बिजय कुमार गछदार र पुर्व राज्यमन्त्री सुमित्रा बिश्वासको संसद बिकास कोषको सहयोग रकमबाट पहिलो तला भवन निर्माण गरिएको हो ।

सभा हलमा गिनिज बुकमा नाम राख्न सफल १४१ वर्ष बाँचेका स्वर्गीय वीर नारायण माझीको शालिक स्थापन गरिएको छ । साथै समाजसेवी स्वर्गीय सेवाइ लाल चौधरी, स्वर्गीय नरसिंह चौधरीको शालिक रहेको छ । थारु कल्याणकारीणी सभाको जिल्ला समितिको भबन रामधुनी वडा ५ मा रहेको छ । सभाको नगर समितिले दुहबीमा निर्माण गरेको भबन नगरपालिकामा निर्माण भएको पहिलो भवन हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार