नेपाली काङ्ग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ३ ख का सभापति नविन बिमलीको पहलमा अति विपन्न ४० परिवारलाई राहत खाद्यान्न सामाग्री वितरण सुरु भएको छ।

आज एक कार्यक्रमको बिच हल्दिवारी ५ का २ अति विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई ३० किलो चामल ,१/१ केजि दाल,तेल नुन तथा लुगा धुने र नुवाउने साबुन बितरण गरेको कार्यक्रमको सहजीकरण गर्ने सस्था त्रिबेणि युवा परिवारका सचीव सन्जय योङ्हाङ्ले बताए ।

 

 

उनका अनुसार हल्दिवारी ५ का अति विपन्न बाल्के किस्कु तथा पाण्डु टुडुलाई काङ्ग्रेस क्षेत्रीय सभापति नविन बिमली ,महासमिति सदस्य बडाराम हेमरम ,हल्दिवारी काङ्ग्रेस सभापति दिलिप मावो लगायतको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।

त्यस्तै बिमली कै पहलमा वडा नम्बर ५ त्रिभेणी चोक बाहुनढोका कि एकल ७५ बर्षिय इन्द्र कुमारी लोक्सानलाई खानेपानी टुयुबेल तथा आजिवन खाद्यान्न सहयोग गरेको समेत काङ्ग्रेस हल्दिवारी सभापति दिलिप माओले बताउनु भयो । हल्दिवारी ५ धनुषा किअति विपन्न एकल महिला गोरिमाया बिस्वकर्मालाई समेत ५० हजार मुल्य बराबरको जस्तापाता ,रड तथा सिमेन्ट सहयोग पुर्याएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार