हल्दिवारी ५ झापा रोडमा बस्दै आएका जिवन गौतमले क्यान्सर पीडित २१ बर्षिय श्रीमती आस्मा भट्टराई गौतमलाई उपचारको लागी सहयोग गरिदिन देस बिदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीमा अनुरोध गरेका छ्न ।

बिबाह गरेको ५ महिना नबित्दै टाउको क्यान्सर हुनपुगेकी आस्माको उपचार गर्दा १५ लाख सकिएको र डाक्टरहरुले अरु २०/२५ लाख लाग्ने बताए पछि ,आर्थिक अवस्थाले धान्न नसके पछि सहयोगको लागी अनुरोध गरेको जिवनले हल्दिवारी डटकमलाई बताएका छ्न ।

वैदेशिक रोजगार( साउदी ) बाट फर्किएर बिबाह बन्धनमा बाधिएका जिवन र आस्थाको आर्थिक अवस्था ज्यादै कमजोर देखिएकोले हल्दिवारी डटकम सबैमा सहयोगको लागी समेत सार्वजनिक अपिल समेत गर्दछ ।

नोट- सहयोग गर्न चाहनु हुनेले सिधै ९८०८२२७५०० जिवन गौतम तथा ९८२४९९७१२० हल्दिवारी मिडिया प्रालिमा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार