महिनौ देखि लक डाउन छ नेपालमा । यस्तै नियति छ बिदेशमा पनि । यो नियतिबाट हाम्रा लाखौ आफ्नाहरु बन्दि झै बनेका छन, बिदेशमा । जहाँ न तिनको परिबार छ । न आफ्नो देशको सरकार । त्यहा त केबल रोग र भोक छ । खल्तिमा पैसा छैन । उदारो पत्याउने साहु छैनन । कम्पनिले जागिर खोसेको छ । यस्तै कहरमा १२५ जना बढिले ज्यान गुमाए । तर,नेपालमा यिनको हिसाब गरिदैन,सरकारबाट ।

बिदेश अहिले देश भन्दा हजारौ गुणा असुरछित छ,कोभिड १९ बाट । तर पनि मेरो देशका यि आफ्ना दाजुभाई आफ्नै सुरछित घर फर्किन पाउदैनन । बिदेशिले हैन यिनलाई,आफ्नै देशले घर छिर्न दिएन । आफ्नै देशको सरकारले । हाम्रा लाखौ आफ्नाहरु आज अन्जान देशमा भगवान भरोशामा बाँचि रहेका छन । जब आफ्नै गद्दार हुन्छन भने हार निश्चित छ । राबणले भनेका छन,”जब मेरो भाई बिभिषण नै सत्रुको पछमा छ त म कसरि जितौला । ” हो,तिनलाई कोभिडले भन्दा आफ्नै देशले परास्त गर्यो ।

र,पनि सरकार भन्छ,उद्दार गर्दैछु । तर,कसरि यसलाई उद्दार भनिन्छ ? जब २५ हजारमा पाईने टिकटलाई ४ गुणा बढि तिर्नु पर्छ, के यसलाई उद्दार भनिन्छ? जब नेपाल फर्कदा अाफ्नै पैसाले खाने र बस्ने शुल्क तिर्नु पर्छ, के यसलाई उद्दार भनिन्छ? पैसा नहुनेलाई जहाज चढाईएन,के यसलाई उद्दार भनिन्छ? सबै भन्दा अप्ठ्यारोमा परेका नागरिकलाई पैसा नभएका कारण उतै ” मर्न ” छोडियो । के यस्लाई उद्दार भनिन्छ ? आफैले आकाश बन्द गरि दिएर सस्तो जहाज आउन रोकि दिने अनि ४ गुणा महन्गोमा पारि दिने ,के यसलाई उद्दार भनिन्छ?

आखिर जहाज चार्टर गरेर भए पनि आफ्नै खर्चमा ल्याईने हो भने मलेसिया र मध्यपुर्बका दुबई,साउदि,कतार,कुबेत,बहराईन र आेमान सहितका देशहरुबाट आउन चाहने नागरिकलाई ल्याउन ब्यबसायिक उडान खोलि दिए हुदैन ? यतिबेला ति वा अन्य देशका कोहि नागरिक नेपाल घुम्न आउनेबाला त छैनन त ।

सरकारको कुनै काम “उद्दार” को परिभाषा भित्र पर्दैनन । यदि सरकारको कामलाई परिभाषा भित्र राख्ने हो भने यसलाई ” उद्दार ” हैन “गद्दार” भनिन्छ । गद्दार काम । गद्दार सरकार ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार