देवेन्द्र आलोक- भद्रपुर/  प्रेस काउन्सिलले मिडियाको विश्वसनीयताका बारेममाा गरेको सर्भेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सर्भेक्षण कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतको नमुना अध्ययन गर्न गरिएको हो । लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीहरु, त्यस्को प्रभाव र विश्वसनियता सहित पत्रकार आचारसंहिता पालना र स्वास्थ्य संकटको अवस्थामा मिडियाले खेलेको भूमिका, जिम्मेवारीमा केन्द्रित भई गरिएको सर्भेक्षणमा पत्रकार आचार संहिता उल्लंघन गर्ने कार्यमा सबै भन्दा बढी अनलाइन मिडिया पाइएको सार्वजनिक गरिएको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सभेक्षणमा मिडियाकर्मी, कर्मचारी, प्राध्यापकरशिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्याथीहरुलगायत ११ वटा पेशागत क्षेत्र, ७ वटै प्रदेश, उपत्यका गरी ८ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गरी १७६ उत्तरदाताहरु सर्भेक्षणमा सहभागिता रहेको जनाइएको छ । उत्तरदाताहरूमध्ये सबैभन्दा बढी ३१.८० ५ अर्थात ५६ जना उत्तरदाताहरूले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ ।

सोहीअनुरmप दोस्रो र तेस्रोमा क्रमश २४.४० ५ (४३ जना) सहभागीहरूले सामाजिक सञ्जाल र २२.७० ५ (४० जना) सहभागीहरूले रेडियोलाई दैनिक सूचनाको निम्ति पहिलो प्राथमिकतामा राखेको पाइयो । यसैगरी १८.८० ५ सहभागीहरूले टेलिभिजनलाई सूचनाप्राप्तिका लागि पहिलो प्राथमिकता राखेका छन् । अहिलेको लक डाउनको अवस्थामा मात्र २.३० ५ सहभागीहरूले पत्रपत्रिकालाई आफ्नो दैनिक सूचना प्राप्तिको पहिलो प्राथमिकता मानेकाछन् ।

सबैभन्दा विश्वासिलो मिडिया कून हो भनेर प्रश्न गर्दा ५०५ सहभागीले सबैभन्दा विश्वासिलो मिडियाका रूपमा टेलिभिजनलाई लिए, दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२५ र रेडियो सुन्ने १७.६ ५ रहेको पाइयो । सहभागीहरूको सामाजिक सञ्जालप्रतिको विश्वास ज्यादै न्यून १.१५ मात्र रहेको देखियो । सामाजिक संजालबाट विश्वसनिय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमहरूको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखायो । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३स्१०५ मात्र रहेको देखिन्छ ।

पत्रकार आचारसंहिता पालनाको वर्तमान स्थितितर्फ हेर्दा सर्भेक्षणमा सहभागी अत्याधिक करिव ६२.५५ उत्तरदाताहरूको धारणामा मिडियाले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८५ उत्तरदाताहरूको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६५ उत्तरदाताहरूले न्यूनरूपमा पालना भइरहेको बताएका छन् । पत्रकारहरूको पेसागत आचरण र मर्यादा कायम राख्न आचारसंहिताको पूर्ण पालना हुनुपर्दछ । सहभागीमध्ये बहुसख्यकले आचारसंहिता पालनाप्रति दिएको जवाफमा प्रेस काउन्सिलले आगामी दिनमा पत्रकार आचारसंहिताबारे पत्रकारबीचमा व्यापक प्रचार–प्रसार र छलफल कार्यक्रम राख्नुककोसाथै अनुगमनमा थप जोड दिनुपर्ने उल्लेख गरे।

आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९५ सहभागीहरूको बुझाइमा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको पाइएको छ । सर्भेक्षणमा समावेश सञ्चारमाध्यममध्ये उल्लङ्घन गर्ने दोस्रोमा पत्रपत्रिका (४ प्रतिशत) र तेस्रो उल्लंघन गर्नेमा टेलिभिजन (३.४० ५ ) रहेको देखिएको छ । सामाजिक सञ्जालप्रतिको लोकप्रियता र विश्वसनियता तथ्यांकअनुसार सर्भेक्षणमा सहभागीहरूको विचार सामाजिक सञ्जालप्रतिको तथ्याङ्कलाई मात्रै आंकलन गर्दा लगभग ८०.७५ सर्वेक्षणमा सहभागीहरूले फेसबुकलाई पहिलो प्राथमिकता दिएको पाइन्छ भने दोस्रोमा युट्युबलाई र तेस्रोमा ट्वीटरलाई प्राथमिकतामा राखेको देखिन्छ ।

कस्तो पत्रकारलाई वास्तविक पत्रकारको रूपमा बुझ्नुहन्छ ? भनी मिडिया उपभोक्तालाई सोध्दा उपलब्ध उत्तरका सन्दर्भमा सहभागी अधिकांश (करिब ७२.७५) उत्तरदाताहरूले निरन्तर पत्रकारिता पेसामा संलग्न रहेका, पत्रकारिता पेसामा लामो अनुभव संगालेका, यस पेसाप्रति समर्पित, निष्ठावान, कर्मठ, जवाफदेही, तथ्यमा आधारित विषयमा कलम चलाउने व्यक्तिहरूलाई सही (यथार्थ) पत्रकारको संज्ञा दिन मिल्ने विचार व्यक्त गरेको पाइयो । १९.३५५ सहभागीहरूले पत्रकारिता विषय पढेका व्यक्तिहरूलाई पत्रकार मान्न सकिने भनेका छन् ।

तर अधिकांश सहभागीहरूले वुम र क्यामेरा बोकेर सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्दै हिड्ने, विना लाइसेन्स रेडियो र टी.भी.मा कार्यक्रम प्रस्तुत गर्दै हिड्ने व्यक्तिहरूलाई यथार्थ पत्रकार भन्न नमिल्ने विचार व्यक्त गरेका छन् । सर्भेक्षणमा मिडियाप्रतिको विश्वास बढाउनका निम्ति मागिएका सुझाव अन्तर्गत प्राप्त तथ्याङ्क हेर्दा करिब ३९.२५ सहभागीहरूले जनमानसमा मिडियाप्रतिको विश्वास बढाउन पत्रकार आचारसंहिताको अनुगमनलाई अझ तिब्र बनाउदै लैजानुपर्ने, यसोगर्दा पत्रकारहरू अनुशासित हुने, सत्यरतथ्यरभरपर्दो समाचार सम्प्रेषणमा सजग हुने विचार व्यक्त गरेको देखिन्छ । २१.१५ सहभागीहरूले मिडियाकर्मीहरूलाई समयानुकुल पत्रकारिता विषयक तालिम प्रदान गरिनुपर्ने जसले पेसागत दक्षतामा वृद्धि भै विश्वासिलो समाचार प्रस्तुत हुने वातावरण बन्ने विचार व्यक्त भएको देखिन्छ ।

त्यसैगरी १९.३५ सहभागीले पेसाप्रतिको जवाफदेहीता, इमान्दारिता र पेसाप्रतिको व्यवसायिकतामा ध्यान पु¥याउन सके मिडियाप्रतिको विश्वास बढ्दै जाने विचार राखेको पाइयो भने १४.२५ सहभागीहरूले विद्यमान कानुनमा संशोधन गरी आचारसंहिता उल्लङ्घन गर्नेलाई सजायको व्यवस्था गर्नसके भ्रमपूर्ण समाचार सामग्रीहरूको प्रचार–प्रसारमा कमी आई मिडियाप्रति विश्वास बढ्दै जाने विचार व्यक्त गरेको पाइएको छ ।

अध्ययनको सुझाव स् सामाजिक सञ्जालप्रतिको जनमानसको क्षणिक मोह भएतापनि अफवाहपूर्ण सामग्री सम्प्र्रेषण रोक्न यसलाई नियमन गर्नका लागि राज्यबाट कुनै निकायलाई जिम्मा दिने वा कानुनी व्यवस्था हुनु आबश्यक छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार