देवेन्द्र आलोक l दुई महिना लामो लकडाउन हुँदा पनि कोरोना संक्रमण परिक्षण तिब्र नबाइएकाले संक्रमण र मृत्युको संख्या बढ्दै गएको अवस्थामा सरकारले कोरोनामा दश अर्ब खर्च गरेको कुरा सार्वजनिक गरेपछि सडक र संसदमा सरकारी खर्चको हिसाब माग गर्न थालिएको छ ।

सरकारले नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै मंगलवार प्रधानमनत्री निवास बालुवाटारमा विरोध प्रदर्शन गरेका सर्वसाधारण माथी प्रहरीले पानीको फोहोरा प्रहार गरी केही लाई पक्राउ समेत गरेको छ । उनीहरुले नाराबाजी गर्दै सरकारी खर्च केमा खर्च भयो भन्दै आरडिटी बन्द गरी तत्काल पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विरूद्ध विरोध गरेका थिए ।

वालुवाटारको निषेधित क्षेत्र बाहिर गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दुव्र्यवहार, पानीको फोहोरा र कुटपिट गर्दै गिरफ्तारी जस्तो प्रहरीको हस्तक्षेप लाई अधिकारवादीहरुले निन्दनीय भएको बताएका छन् । कोरोना संक्रमण उपचारको नाममा दश अर्व खर्च भएको हिसाब दिएको सरकारले पिसिआर परिक्षण नबढाएको विरोधमा सडक तातिनका साथै संसदमा समेत दश अर्ब खर्चको जवाफ माग गरिएको छ । मंगलबारकै संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताउँदै दश अर्ब कहाँ खर्च भयो ? भनि प्रश्न गर्दै यस्को जवाफ सदनमा प्रधानमन्त्रीबाट जवाफ आउनु पर्ने बताए ।

उनले कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको बताए । सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको कुरा सार्वजनिक गरेको उल्लेख गर्दै सांसद थापाले भने ‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाब किताब देखाउनु पर्दैन ? एकेक हिसाब चाहिन्छ, सरकारलाई अब सुतेर बस्न दिँदैनौं ।’ कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न सांसद थापाले उठाए ।

उनले भने ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ ?’ सांसद थापाले माघ २१ गतेदेखि कोरोनाबारे सरकारलाई सदन मार्फत् ध्यानाकर्षण गराए पनि तयारी नगर्दा संक्रमित र मृतक संख्या बढिरहेको बताए । उनले भने ‘धेरैले सरकारलाई सुझाव दिए । न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन, नियन्त्रणमा रहँदा रहँदै पनि कोरोनाको यो अवस्था ? दोष कसको ? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो ?

सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको । सरकारको अकर्मन्यताले रोकेको । असक्षमताले रोकेको हो ।’ उनले सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए । सांसद थापाले क्वारेन्टाइन भद्रगोल भएको भन्दै प्रश्न गरे, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ?’ सरकारले पछिल्लो समय परीक्षण दायरा साँघुरो बनाएकोमा थापाले आपत्ति प्रकट गर्दै व्यंग गरे ‘अब टेष्ट गर्न बन्द गरिदिने कोरोना फ्रि देश भनिदिने ?’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार