झापा l सरकारले विहीवार देखी लकडाउन खुकुलो बनाएको छ । कोरोना संक्रमणको स्थिति लाई हेरी तीन चरणमा लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समन्वय समितिले गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बैठकले बुधबार राति खुकुलो बनाउने निर्णय गरेको हो ।

पहिलो चरणमा यसअघि लागु रहँदै आएको शैक्षिक, सामाजिक, धार्मीक गतिविधि, सार्वजनिक यातायात, होटल रेष्टुँराहरुमा भने लकडाउन जारी नै रहनेछ । सरकारको निर्णय अनुसार निम्न क्षेत्रमा लकडाउन जारी रहने छन्–

१. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र),

२.सपिङ्ग मल, डिर्पाटमेन्ट स्टोर (खाद्यपर्दाथ बाहेक),

३.सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल

, ४.अनुमति प्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,

५.तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत,

६.सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,

७. २५ जना भन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार,

८.सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,

९.व्यवसायिक रुपमा सञ्चालित स्वीमीङ्गपुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटीर्पालर,

१०.समुहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, खुला गरिए बाहेकका सबै सवारी साधनहरु,

१.१ बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शवबाहक र ढुवानी बाहेक सबै प्रकारका आवागमन बन्द रहने छन् ।

सरकारको निर्णय अनुसार पहिलो चरणमा विहीवार देखी खुला गरिएका सेवा र कार्य निम्न छन्–

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक समेत ।

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी ।

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालन सम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीत भण्डार सम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्री सम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धित समेत)

१२) निर्माण कार्य (निजी समेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्री वितरण

१४) रेस्टुरेन्ट बाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी) खुला गरिएका छन् ।

समितिको प्रस्ताव अनुसार गरिएको सरकरको निर्णय अनुसार पहिलो चरण बिहीबार देखी २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ । तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ ।

यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्ने बताइएको छ । पहिलो चरण २१ दिन पुरा भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ ।

दोस्रो चरणमा खुल्ने सेवा निम्न छन्– १) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३) ट्याक्सी (चालक बाहेक थप दुई जना यात्रु रहने गरी)

४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति(व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी) माथि उल्लिखित दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिनेछ ।

तेस्रो चरणमा खुला गरिने सेवाहरु निम्न छन्– १) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

२) संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर(जिल्ला आवागमन

३) सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

४) आन्तरिक हवाई उडान

५) होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

६) अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

७) शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)

८) तालिम तथा ट्युसेन केन्द्र ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार