कांग्रेस नेता सिटौला भन्छन्– जनताको आवाज दमनले दब्दैन, सरकार सुध्रनुपर्छ कोरोना महामारी रोकथाममा सरकारले ठीक व्यवस्थापन दिन सकेन ।

क्वारेन्टाइन, पिसिआर परीक्षण, बिरामीको उपचार र अस्पतालको राम्रो व्यवस्था भएन । राहत वितरण प्रभावकारी र निष्पक्ष भएन । राहत वितरणमा एकद्वार पद्धति भनेपछि इच्छुकले पनि वितरण र सहयोग गर्न पाएनन् । अन्य बिरामीले पनि उपचार पाएनन् । कतिपय ठाउँमा गम्भीर बिरामी सडकमै मर्ने अवस्था आयो ।

सरकार गम्भीर जवाफदेही बन्नुपर्ने हो । तर, स्वास्थ्य सामग्री खरिद गर्दा कमिसन र भ्रष्टाचारको विषय बाहिर आए । सरकारले उचित जवाफ दिन सकेन, सकेको छैन । यस्ता विषयमा जनताले सन्तोष मान्ने अवस्था छैन । हामीले ध्यानाकर्षण पनि गराएका थियौँ । संसद्मा पनि आवाज उठाउँदै आएका छौँ ।श्रमिकको अवस्था अत्यन्त नाजुक छ । उद्धार गर्ने नाममा विकृति र कमिसनको खेलमा सरकार नै लागेको छ ।यस्ता कुरामा जनतामा गुनासो धेरै छन् । त्यसैले स्वतस्फुर्त जनता सडकमा आएका हुन् ।

सरकार असफल भएकाले नै देशैभर एकैपटक प्रदर्शन भएको हो । अब सरकारले दमनबाट होइन, माग सम्बोधन गर्नुपर्छ । सरकारले जनतालाई दमन गर्ने होइन, हामी साथमा छौँ भन्ने हो । सरकारले सुध्रिएर पारदर्शी र जवाफदेही भएर काम गर्नु नै समाधानको उत्तम उपाय हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार