काठमाडौ । रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा न। ४ सोती भन्ने स्थानमा गाउँलेहरु मिलेर सामूहिक रुपमा १९ जना युवाहरुलाई कुट्पिट गर्दा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुने ६ जनाको शव भेरी नदीमा भेटिएको थियो । गाउँलेहरुले कुटेर हत्या गरेर खोलामा फ्यालेको आरोप मृतकका परिवारले लगाएका थिए भने गाउँलेहरुको भनाई अनुसार ज्यान जोगाउन भेरीमा हाम फाल्दा डुबेर ज्यान गएको थियो ।

गृह मन्त्रालयद्वारा गठित छानविन समितिले गरेको अनुसन्धान अनुसार आज गृह मन्त्रालयले विज्ञप्ती निकालेको छ । जातीय कारणबाट सुरु भएको उक्त घटनामा ६ जनालाई कुट्पिट गरि मृत्यु भएको अनुसन्धानबाट देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनमा वडाध्यक्ष डम्बरबहादुर मल्ल उक्त घटनामा मुख्य भूमिका देखिएको उल्लेख गरिएको छ । वडाध्यक्ष मल्ललाई १९ जना युवकहरु गाउँ छिरेको देखि घटनालाई नियन्त्रणमा लिन सक्ने हुँदाहुँदै पनि प्रहरीलाई गुमराह गरेर गाउँले मिलेर कुट्पिट गर्न सहज बनाएको बताईएको छ ।

वडाध्यक्ष मल्लले प्रहरीलाई युवकहरु संग झडप भएको घटना भन्दै गलत स्थान टीपाएर प्रहरीलाई गुमराहमा राखेर घटना हुन सहयोग गरेका थिए । प्रहरी समयमा आइनपुग्दा उक्त घटनाबाट ६ जनाको मृत्यु हुन पुगेको छ । वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

त्यस्तै अनुसन्धानको क्रममा नवराज विकलाई आफुहरु मृत्यु हुने गरि कुटेको भनि किशोरीको बुवा आमाले बयान दिएका छन् । बयानका क्रममा आमाले आफूले सुरुवातमा गाली गलज गर्दा जातीय शब्द निकालेको समेत बताएकी छिन् । आफुहरुले ति युवकहरुलाई कुट्पिट गर्दा हत्या समेत भएको स्वीकार्दै बयान दिएकि छिन ।

युवतीले भने आफूलाई लिन नवराज आएको थाहा नभएको जिकिर गरेकी छिन् । फेसबुकमा नवराजलाई ब्लक गरेको तर कहिले काही भाईको मोबाईलबाट कुराकानी हुने गरेको वयान दिएकी छिन् । नवराज आएपछि के घटना भयो भन्ने आफूलाई थाहा नभएको र आफू घटना भएको बेला घरमै बसेको समेत बयानमा उल्लेख गरेकी छिन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार