हल्दिवारी ,असार १ l   नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई बिना कडा कारवाही गर्न माग गरेको छ । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टिनको बेथिति झल्किएको उल्लेख गरे ।

मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना सङ्क्रमण विस्तारको केन्द्र बन्दै गएकाले देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेको बताए । बलात्कारमा घटनामा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरी राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेलाई कारवाही गर्न कांग्रेसले माग गरेको छ ।

क्वारेन्टाइनका बेथितिसमेतविरुद्ध दबाब दिन कांग्रेसले भोलि असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार