कमला भट्टराई- झापा/ प्रसिद्ध धार्मीक तिर्थस्थल बराहक्षेत्रधाममा पर्यटकिय आकर्षण थपगर्ने योजना आनुसर मन्दीर निकट तिर्थालुहरुका लागि बैकुण्ठ सरोबरको निर्माण प्रकृया अघि बढाइएको छ । सरोबर लाई आकर्षक बनाउन विचमा बराह भगवानले समु्रमा डूब्न लागेको पृथ्वी लाई बचाउनु भएको आकृतिको प्रतिमा स्थापित गरिने भएको छ ।
धर्मशास्त्रमा पानीको महासागरमा डूब्न लागेको पृथ्वीलाई बँदेलको अवतरमा बराहभगवानले रक्षा गरेका उल्लेख छ । बराहक्षेत्रधाममा त्यसैका स्वरुपमा बैकुण्ठ सरोबर निर्माण गर्न लागिएको हो । उक्त योजना प्रदेश १ सरकारको उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्रालयको पञ्च वर्षीय योजनामा समावेश भएको छ ।
सोही योजना अनुसर सरोवर निर्माण हुन लागेको हो । लकडाउनको कारण प्रारम्भिक निर्माण कार्य रोकिएपनि हाल नगरपालिकासंग समन्वय गरेर काम अगाडि बढाइएको वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले बताए । संरक्षण मञ्च मार्फत निर्माण भइरहेको सरोवरमा चालु आर्थिक बर्ष २०७६÷०७७ मा मन्त्रालय व्दारा विनियोजीत ४० लाख रुपयाको बजेट बाट भूतहको फाउडेशन उठाउने काम भइरहेको सचिव घिमिरेले बताए ।
यसअघि सरोवर क्षेत्रलाइ पर्यटन कार्यलय विराटनगरको ७ लाख बिनियोजित रकमवाट घेरावेरा भने भइसकेको छ । करिब अडाई कट्ठा जमिनमा निर्माण हुने सरोवरमा वराह भगवानले रसातलबाट पृथ्वी उचालि रहेको १२ मिटर अग्लो प्रतिमा स्थापना गरिने छ । साथै वालबालिका लागि बाल कुञ्ज सरोवर, सेल्फी ब्रिज, विश्राम स्थल, फूलबारी र बराह, बिष्णुका ४ वटा मन्दिरहरु निर्माण हुनेछन् । उक्त कार्यका लागि मन्त्रालयले पाच बर्ष भित्रमा ८ करोड रकम बिनयोजन गर्ने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । मञ्चका अध्यक्ष भक्त श्रेष्ठले भने ‘प्रकृतिसंगै धार्मिक पार्कको परिकल्पना गरेर सरोवर निर्माणको योजना अगाडि सारिएको हो ।’
पृथ्वी मोक्षस्थल कोका खोलाको किनारमा निर्माणाधिन बैकुण्ठ सरोवरले वराहक्षेत्रको महिमा र पर्यटकिय आकर्षण लाई थप उचाइमा पुराउन सहयोग पुराउने अध्यक्ष श्रेष्ठ बताउँछन् । वराह सरोवरले अझ वराहक्षेत्रको धार्मिक, ऐतिहासिक र पुरातात्वनिक महत्व झल्काउने मञ्चका कोषाध्यक्ष सुमन भण्डारीको भनाई छ ।,,