हल्दिवारी  । हल्दिवारी गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका थप २ जनामा कोरोना संक्रमण पुस्टी भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ । कुबेतबाट उद्दारगरी ल्याइएका हल्दिवारीका ५ महिला मध्ये २ जनालाई कोरोना संक्रमण देखिएको हो ।

उनिहरु जेठ २९ गते नेपाल फर्किएका र ३१ गतेदेखि हल्दिवारी गाउँपालिकाले संचालन गरेको वडा नम्बर २ को क्वारेन्टाइनमा बस्दै आएको प्रमुख निरौलाले बताउनु भयो । स्वास्थ्य शाखाले संक्रमीत महिला सहित ३८ जनाको स्वाब संकलन गरि परिक्षणको लागि बिराटनगर २ गते पठाएको थियोे ।

आज संक्रमीत वैदेशिक रोजगार बाट फर्किएका २ महिला सहित कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ । स्वास्थ्य शाखाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई सुरक्षित ठाउँमा लैजान समन्वय भइ रहेकोे जनाएको छ। यश अगाडि भारतबाट आएकस २ युवालाई कोरोना संक्रमण देखिएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार