झापा l नेपाली काङ्ग्रेसका प्रवक्ता विस्वप्रकास शर्मा स्वास्थ्य सामाग्री लिएर गृह जिला झापाका सबै स्थानीय तहमा पुगिरहेका छ्न ।
मेची अभियानले संचालन गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न आज प्रवक्ता शर्मा अभियानका संयोजक उमेस डालमिया तथा सन्चारकर्मीहरु सहित हल्दिवारी गाउँपालिकामा पुगेका हुन ।
हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्ष डम्बरबहादुर गिरिलाई मेची अभियानका तर्फबाट प्रवक्ता शर्मा र संयोजक डालमियाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले बताउनु भयो ।
मेची अभियानले हल्दिवारी गाउँपालिकालाई कोरोना संक्रमणबाट जोगाउन प्रयोग गरिने मेडिकल माक्स १ सय मिस , स्वास्थ्य कर्मिलाई अति आवश्यक पिइपी सेट ५ थान , सेनिटाइज एक काटुन ( १२ पिस ) तथा भिटिएम कीट ५० थान सहयोग गरेको जनाइएको छ।