विर्तामोड –  ३ असार l उत्पीडित अधिकार मञ्च, नेपाल (ओरिफ, नेपाल) को आयोजनामा झापाका १५ वटै स्थानीय तहका दलित कार्यपालिका सदस्यहरुलाई योजना तर्जुमा सम्बन्धि १ दिवसीय अभिमुखिकरण गोष्ठी असार-३ गते हिकोला हेरिटेज, विर्तामोडमा सम्पन्न भएको छ ।
गोष्ठीमा स्थानीय तहमा विगत ३ वर्षमा भए गरेका दलित लक्षित गतिविधिको बारेमा सबै स्थानीय तहका कार्यपालिका सदस्यहरुले गतिविधिहरुको विवरण प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेलले स्थानीय तहको योजनामा दलित लक्षित आयोजना तथा कार्यक्रमहरुको मुलप्रवाहिकरण विषयमा सहजिकरण गरेका थिए भने उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीका मंग्रातीले दलितको सवाल र अवको विभेद विरुद्धको आन्दोलन विषयमा सहजिकरण गरेका थिए ।
भेलामा उत्पीडित अधिकार मञ्च नेपालका अध्यक्ष सागर पोर्तेलले दलित जनप्रतिनिधिहरुलाई संगठित गर्ने उदेश्यले स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन तथा संचालन निर्देशिका -२०७७ को अवधारणा पत्र प्रस्तुत गरेका थिए भने निर्देशिका वमोजिम मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीका मंग्रातीको अध्यक्षतामा २१ सदस्यीय स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन गरेको छ ।
संस्थाका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल रहेका थिए । दलित अगुवाहरु ज्ञानेन्द्र संखर, हर्कमाया विक, छविलाल विश्वकर्मा, गोपाल ल्वागुन लगायतले दलित आन्दोलनको चर्चा गर्दै कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार