हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकाको सातौ गाउँ सभामा तोडफोड भएको छ । सडक नामकरणको विषयमा उत्पन्न विवादमा लिएर नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कार्यकर्ताहरूले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका तोडफोड गरेका एक प्रत्येक्ष दर्सिले बताए । सोहीहल्दिबारीको गाउँ सभामै तोडफोडको क्रममा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा नेपाली काँग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाईँ र काँग्रेसकै वडा नम्बर २ का अध्यक्ष भिमराज फ्याक रहेको बताइएको छ । तोडफोडबाट गाउँपालिकाकाको मिटिङ्ग हलको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले समेत टेबल तोडफोड गरेको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले बताए ।
यस्तो थियो घटना
साबिक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने जलथल जङ्गल सडकको नामकरणको विषयमा स्थानीय दलहरू बिच विवाद सुरु भएको हो । सो सडकको नाम नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष होम चुडालले स्व . केसब कुमार कन्दवा राख्नु पर्ने कार्यपालिका बैंककमा उठाएपछि आफुहरुले स्व. दोर्णचार्य आचार्यको नाम अधि सारेको र गाउँ सभाले २ नाममा एक नाम टुंगो लगाउने निर्णय भएको वडा २ अध्यक्ष राजेन्द्र योङहाङ्ग बताउछ्न ।
स्व . दोर्णचार्य आचार्य झापाका चर्चित जनपक्षीय नेता थिए भने स्व .केसबकुमार कन्दवा साविक जलथलको प्रधानपन्च तथा तत्कालीन माओवादीबाट सुराकी गरियो भनेर मारिएका राप्रपाका स्थानीय नेता थिए । नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँ सभाबाटै नामकरण टुङ्गो लगाउनु पर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा सुरु भएको थियो । गाउँ सभा सुरु भए लगतै नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुत सकिएपछि काँग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रविन्द्र लिङदेनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए ।
तर, सभाहल बाट अध्यक्ष लिङदेन ज्ञापनपत्र बुझ्न न आएपछि काङ्ग्रेस तथा राप्रपाका कार्यकर्ताबाट सभाहल तोडफोड हुन पुगेको हो ।
गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए ।
गाउँपालिकाका अध्यक्षसहित 7 जनाद्वारा सभा बहिष्कार
राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँ सभा बहिष्कार गरेर हिँडेका हुन् । अध्यक्ष लिङदेनसहित वडा नम्बर ५ का वडा अध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडा अध्यक्ष होमप्रसाद चुडाल र अन्य चार जना वडा सदस्य रहेका छन् । राप्रपाका ६ जना र काँग्रेसका एक जना जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।
सातौ गाउँ सभा बहिष्कार गरेर अध्यक्ष सहित हिडेपछी उपाध्यक्ष को अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रम पास गर्नुको साथै गाउँ पालिका तोडफोड गर्नेलाई सार्वजनिक मुद्दा हाल्ने निर्णय गरेको प्रेस बिज्ञप्ति मार्फत जनाएक छ l