ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा

बहुदल प्राप्ति पछि क्रीयाशिल सदस्यताको लहर चल्यो काङ्ग्रेसमा ! काङ्ग्रेस त उदार पार्टी !! अघिल्लो दिन सम्म प्रतिकार समितिमा बसेका पुर्व पन्च समेतलाई ह्वारह्वार्ती सदस्यता बाँडने बुझेपछि मैले कृष्ण दाईलाई भनेको थिएँ – दाइ ! यो सदस्यता भनेको काङ्ग्रेसको गौरव हो ! पार्टी प्रती प्रतिबद्ध सदस्यलाई दिईने उच्च सम्मान हो ! जथाभावी नबाढौ !! हाम्रो वडा बाट ( साबिक १५ हाल ८ ) अम्बिका रिजाल , जगन्नाथ अधिकारी र मीन प्रसाद कोईराला तीन जनालाई दिदा उचित सम्मान हुन्छ ! अघिल्लो पुस्ताको सम्मान भए पछिल्लो पुस्ताको पालो त आईहाल्छ नि !

जवाफमा उहाँले भेडा बाख्रा खेदेको शैलीमा हात हल्लाउँदै भन्नू भएको थियोे – दिउँ न दिउँ !! दसौं हजार लाई दिउँ !! जति धेरै सदस्य हुन्छन उति संगठन दरो हुन्छ !!होला त नि भन्ने लाग्यो !! प्रतिकार समिति र संघर्ष समिती मिसियो ! सबै क्रियाशिल भए !! पुर्व पन्च तथा पुर्व बामपंथी ल्याउने दाईको योजनालाई पुराना काङ्ग्रेसले उहाँको उदारभाव देखे , चुप लागे !! तर उहाँको कुटिल चालको पोल तब खुल्यो जब अम्बिका रिजाल , दिब्य भूर्तेल , राम प्रसाद तिम्सिना , उत्तर चापागाईं जस्ता अग्रज काङ्ग्रेसहरु नव काङ्ग्रेस सग वार्डमै पराजित हुन थाले !

युवा पुस्ताको जगदीश काफ्लेले बालिका स्कुल छेउको राँगा गाडी चलाउने भुतपुर्व बिहारी सग चुनाव हार्ने बाताबरण बन्यो ( बनाईयो ) ! पारी बाट रोजगारीको खोजीमा यता पसेर गाडी जोतेर खाने र पछि कृष्ण दाइ बाट क्रियाशिल काङ्ग्रेसको बिभुषण भिरेको उ अहिले ठूलो काङ्ग्रेस भएको छ अनि बेला बेला बम्किने गर्छ – त्यो जगदीश काफ्ले को हो ?
आज झापामा काङ्ग्रेसको संगठन छैन ! पुराना र प्रतिबद्ध काङ्ग्रेस सबै पाखा लागेका छन ! भक्ती सिटौला जस्तो काङ्ग्रेस आफ्नो घर छोडेर कमल थापाको घरमा डेरा बस्न गएको अबस्था छ !! छ त केवल कृष्ण दाईको तेस्रो शक्ति नामको डान्स बार !! जसमा नाच्ने प्रायः अंगिकृत काङ्ग्रेस छ्न ! बिपिको बारेमा बताउ भन्दा बि पि भनेको छाडा फिल्म हो भन्ने जवाफ दिने खालको जमातले घेरिएको छ !! बंशज काङ्ग्रेस चाहिएकै छैन !!!

अहिले मुलुकमा अंगिकृत नागरिकताको बहस चर्केको छ ! कुनै समय काङ्ग्रेसले क्रियाशिल बाडेझैँ मधेसमा नागरिकता बाडियो !! जसको पीडा आम नेपाली त्यसमा पनि बंशज तराईबासिले भोग्दैछन ! बिहार बाट आएको एयरपोर्ट्का लोडरहरु मन्त्री भए जो अहिले रास्ट्रवादको प्रोफेसर पनि भएका छन !! सरिता जस्ता कैकयी चरित्रले सिंहदरवारमा कुर्सी घुमाउने मौका पायो !! जो आज मुलुक भाड्न सक्रिय छ !!

कुनै समय आफुले गरेको दुर्गतिलाई अहिलेको सरकारले केही हद सम्म रोक्न गरेको प्रयत्नलाई काङ्ग्रेसले साथ देओस !!
हैन भने –
कुनै दिन राजेन्द्र महतो र सरिता गिरिका सन्तान बम्किने छन – को हो शेर बहादुर ? को हो रामचन्द्र ??
बिपि भनेको छाडा फिल्म भन्ने त उनिहरुलाई थाहै छ !!
कि कसो ????

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार