झापा/”राष्ट्रिय जनतान्त्रिक गठबन्धन” एवं राष्ट्रबचाउअभियान का प्रमुख घटक दल एवं सक्रिय सहभागी राप्रपा (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष लाक्पा तामाङ ले मानवता र सेवा-भावले तत्कालीन माओवादी द्वन्दमा घाईते, असक्त भएका र तिनको पार्टी एवं सरकारले खासै चासो र चिन्ता नदेखाएकाको लाई अभियान नै चलाएर आर्थिक सहयोग लगायतका सहयोग जुटाउदै उच्च मानवीय गुण प्रदर्शन गरेका छन,l

जस्ले गर्दा उनको लोकप्रियता अकासिएको छ, उनलाई धन्यवाद दिने र उनि प्रति सहानुभूति राख्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ! केही दिन अगाडि धनकुटा जिल्ला निवासी मृगौला पिडित लक्ष्मी बर्देवाका लागि ३,५००००/- अार्थिक उठाई सहयाेग गरेका लाक्पा अहिले फेरि पुर्व माओवादी लडाकु प्यारालाईसिस ले ग्रस्त एवं आफ्नो दैनिक नित्य-कर्म गर्न समेत असक्त धनकुटा -1 हिले निवासी महाप्रसाद बिक लाई औषधि उपचार खर्च जोहो गर्न कम्मर कसेका छन !

उनी आफै गरिव परिवारको भएपनी आफै र साथी-भाई, शुभचिन्तक, समर्थकहरु सँग आर्थिक सहयोग जुटाई पिडित पक्षलाई निरन्तर सहयोग गर्दै आई रहेका छन !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार