हल्दिवारीका २ जना कोरोना संक्रमीत निको भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको थियोे ।

भारत बाट फर्किएका उनीहरुको जेठ २६ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियोे ।हल्दिवारीको क्वारेन्टाइनमा बसेका दुबैलाई आइसोलेसन सेन्टर गोठ गाउँमा राखेर उपचार गरिएको थियो । निको भएर फर्किएका उनिहरुलाई घरमै परिवारको जिम्मा लगाइएको समेत प्रमुख निरौलाले बताउनु भयो ।

हल्दिवारी २ र ४ का उनिहरुलाई पहिलो पल्ट हल्दिवारीमा संक्रमण देखिएको थियोे । अझै कुबेतबाट फर्किएका ४ जना महिला बिराटनगर र धरानको आइसोलेसनमा स्वास्थ्य उपचार गराईरहेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार