नेपाली चलचित्र क्षेत्रमा लामो समयबाट दुई अभिनेत्री पूजा शर्मा र सुष्मा कार्की बीचको विवादले चर्चा पाउने गरेको छ। दुवै बीच चिसिएको सम्बन्ध सार्वजनिक कार्यक्रम देखि सामाजिक संजालका भित्ता र मिडियामा आउने अन्तर्वार्ता सम्ममा प्रष्ट देख्न सकिन्छ। यो चलेको अभिनेत्री पूजा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेको केहि समय बाट नै हो।

निर्देशक सुदर्शन थापा र अभिनेत्री सुष्मा कार्कीको सम्बन्धको बीचमा पूजा शर्मा आएको चर्चा लामै समय बाट हुने गर्दछ। तर यो कुरा पुजा र सुदर्शन दुवैले स्विकार गरेका छैनन्। पूजा शर्मासंग लगातार काम गर्नु अगाडी सुदर्शन अभिनेत्री सुष्मासंग काम गर्ने गर्दथे।  “के यो माया होु र  “मेरो एउटा साथी छु मा यी दुईले साथ काम गरेको थिए। दुवै प्रेम सम्बन्धमा रहेका थिए र साथ टुटेको थियो। अभिनेत्री पूजा शर्मा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरिरहेको बेला नै सुदर्शनले चलचित्रमा अफर गरेका थिए।

सुष्मा ( पूजा विवादमा अभिनेत्री पूजा शर्माले आफ्नो स्पष्ट धारणा राखेकी छिन्। पूजा भन्छिन् , “सुदर्शन जी ले मलाइ चलचित्र अफर गरेपछि मेरो सुदर्शन जीसंग राम्रो चिनजान भएको हो। मलाइ उहाहरुको सम्बन्धको बारेमा राम्रोसंग थाह पनि थिएन। मलाइ सुदर्शन जीले चलचित्र अफर गर्दा पनि म टेलिभिजनमा नै काम गरिरहेकी थिए। मैले पनि सुनेको आधारमा सुदर्शन जी लाई भनेकी थिए। उहाले पुरानो सम्बन्ध थियो अहिले छैन भन्नु भएको थियो। “

उनले आफु कहिले पनि सुदर्शन र पूजाको बीचमा नपरेको र यो आरोप गलत भएको बताएकी छिन्। उनले योहो टिभीको एक अन्तर्वार्तामा यी सबै बिषयमा कुरा गरेकी हुन्। कार्यक्रम प्रस्तोताले तपाई र सुष्मा मिल्न सक्नुहुन्छ की हुदैन भनेर प्रश्न गर्दा पूजा भन्छिन् ,  ” मैले झगडा गरेको पनि हैन र यसको सुरुवात गरेको पनि हैन। मैले मिल्ने नमिल्ने बिषयमा पनि केहि भनेको छैन तर मलाई लाग्दैन कि म मिल्न सक्छु होला।  ” मिडियामा आएर सुष्मा जी ले जसरी मेरो बारेमा बोल्नु भएको छ म मिल्न सक्दिन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार