हल्दीबारी गाउँपालिकाका प्रवक्ता एवंम् भौतिक पूर्वाधार विकास समितिका संयोजक सागर पोर्तेलले हल्दीबारी गाउँपालिकाको असार-१० गते गाउँ सभा चलिरहेको बेला भएको घटना गलत प्रचार गरिएको कारणले भएको बताएका छन् ।

तुलनात्मक रुपमा अन्य वडाहरुमा भन्दा बढी बजेट विनियोजन भएका हल्दीबारी-४ र ५ नम्बर वडामा कम बजेट हालेको भन्ने भ्रम सोझासाझा जनताहरुमा प्रचार-प्रसार गरेर आन्दोलनमा उत्रन बाध्य पारेको उनले गुनासो गरे । उनले भने,  “केही व्यक्तिहरुले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि वडा न ४ र ५ मा कम बजेट परेको भन्ने गलत भ्रम फैलाएर सभामा आक्रमण भयो ।”

बाहिर प्रचार गरिएको जस्तो वडा न. ४ र ५ लाई बजेटमा विभेद नगरेको उनले जानकारी दिए । वडा न. ५ मा वडागत आयोजना तर्फ रु ४०, लाख गाउँपालिकाकाट वडा कार्यालय भवन निर्माण रु ५० लाख, धनुषपोखरी पर्यटकीय क्षेत्र रु १० लाख, कन्चन प्रगतिशील सिचाइ भुतेनी खोलामा ड्याम निर्माण रु १० लाख, शान्ति प्राविमा २ कोठे भवन निर्माण रु १० लाख, धनुषपोखरी गाउँपालिका आसपासका सडक ग्राभेल रु ३५ लाख, सोडागन्धी पर्यटकीय क्षेत्र जैविक चिडियाखाना रु २० लाख, सातघरे पश्चिम घाटमा मलामी खाजा घर रु ५ लाख, धनुषपोखरीमा पर्यटकीय गाउँपालिका भवन रु २ करोड,

त्यस्तै गरी वडा न . ४ मा वडागत आयोजना तर्फ रु ४० लाख र गाउँपालिका तर्फ ४ न . वडा कार्यालय अगाडि व्यावसायिक टहरा निर्माणका लागि रु २० लाख, मंगलबारे वडावारी पाथिभरा पर्यटकीय क्षेत्रबाट ओलीचोक तर्फ र केदार उप्रेतीको घरदेखि बोडोसा चोक तर्फ सडक कालोपत्रे बहुवर्षे आयोजना रु ८० लाख, पाथिभरा पर्यटकीय क्षेत्रमा धार्मिक पार्क निर्माण रु २० लाख, पाथिभरा खेलमैदान रु १० लाख,किरातेश्वर गुरुकुल रु २ लाख ५० हजार, अधिकारी चौकमा सार्वजनिक सौचालय रु ५ लाख, जलथल जंगल र आवादी सीमानाको पर्यटकीय सडक ग्राभेल रु १ करोड, जंगल र आवादी सीमानामा सि.सि। क्यामेरा जडान रु ५ लाख गरि भौतिक पूर्वाधार तर्फ मात्रै ६ करोड ६७ लाख भन्दा बढी बजेट वडा न. ४ र ५ मा रहेको पनि उनले जानकारी दिए ।

आर्थिक विकास अन्तर्गत कृषि, पशुपालन, रोजगारी, सामाजिक विकास अन्तर्गत खानेपानी पाइप विस्तार, निशुल्क धारा जडान, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा सबै वडामा समान रुपमा कार्यक्रम संचालन गर्ने गरि बजेट तर्जुमा गरेको पनि प्रवक्ता पोर्तेलले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार