जलथल , असार १४ । झापाको हल्दिवारी गाउँपालिकामा एक सुत्केरीसहित दुई महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा फोकल प्रसन पुष्कर निरौलाले बताउनु भयो ।
हल्दिबारी २ की एक महिनाकी सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको हो । उनी भारतको बम्बैबाट घर फर्केकी हुन् । उनको बच्चालाई भने संक्रमण नभएको बताइएको छ ।
त्यस्तै हल्दिबारी ५ की अर्की महिलालाई पनि संक्रमण पुष्टि भएको छ । उनी कुवेतबाट घर फर्केकी हुन् । दुवै जना हल्दिबारी हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमित दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हल्दिवारी गाउँ स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।
योसगै हल्दिवारीमा कोरोना भाइरस संक्रमितहरुको संख्या ८ पुगेको छ भने २ जना निको भएर घर फर्की सकेका छ् । हल्दिवारीमा ६ महिला र २ पुरुषमा कोरोना संक्रमण भएको छ । उनिहरु मध्य ५ जना कुबेत बाट फर्किएका हुन भने ३ जना भारतबाट फर्किएको स्वास्थ्य प्रमुख निरौलाले जानकारी दिनुभयो ।