susant

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे थप अनुसन्धान गर्न मुम्बई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरलाई एक पत्र पठाएको छ । प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेकर्ड मागेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । प्रहरीले आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरेको जनाइएको छ ।

प्रहरीले परिवारका सदस्य, साथीहरु र व्यवसायिक जीवनसँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिसकेको छ । भारतीय मिडियाका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले केही ट्वीट पोस्ट गरेर हटाएको हुनसक्ने प्रहरीको अनुमान छ । सुशान्तको एक ट्वीटको स्किृनशट सामाजिक सञ्जालमा शेयर भइरहेको छ । उक्त ट्वीट वास्तविक हो या फेक हो भनेर पनि प्रहरीले प्रमाण जुटाउन थालेको छ ।

मुम्बई प्रहरीका अनुसार सुशान्तले किन आत्महत्या गरे भन्नेबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार