लडाइँ भयो बगैंचामा फुलै मासिए छन् ।
दाजुभाइ लडाइँ गरि कुलै मासिएछन् ।।

कहाँ बाट नहरमा पानी आउँछ यहाँ ।
गाउँ बेँसि सबै तिर मुलै मासिए छन् ।।

माछाहरु बगरमा छटपटाई रैछन् ।
जताततै बमको खेती दुलै मासिए छन् ।।

मान्छे सबै ठाउँ छाडि अन्तै सरिसके ।
आगो पनि धौँन छाड्यो चुल्लै मासिए छन्।।

हल्दिबारी – झापा , नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार