baithak

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली भने उक्त बैठकमा सहभागी छैनन् ।

प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुनुपर्ने समयमा राष्ट्रपति भेटन शीतल निवास पुगेका थिए भने त्यहाँबाट फर्किएपछि लगत्तै आकस्मिक मन्त्रीपरिषद् बैठक डाकेका थिए । मन्त्रीपरिषद्को बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । गत असार १० गते बाट विभिन्न एजेण्डामा छलफल गर्न बसिरहेको आजको छैटौँ बैठक हो । पहिलो दिनको बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको थियो । तीनै एजेण्डाहरुमाथि छलफल भइरहेको छ । तर पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक किचलोको कारण एजेण्डाभन्दा बढी एक अर्काप्रति दोषारोपण भइरहेको छ ।

यसअघि बुधवार बसेको बैठकमा शोक प्रस्ताव पारित गरि बैठक सकिएको थियो । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल भारत सीमा विवाद लगायत कुराहरु समेटिएको कारण बैठकलाई महत्वपुर्ण मानिएको छ । आज बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली समूहका नेताहरू प्रचण्ड निवास खुमलटारमा भेला गरी छलफल गरेका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी रहेका थिए । त्यसैगरी, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु छलफलमा रहेको थिए ।

प्रचण्डले नेकपामा जारी पछिल्लो शक्ति संघर्षका बारे छलफल गर्न नेताहरूलाई बोलाएका बताइएको छ । बुधवार साँझ ललितपुरको झम्सीखेल स्थित एक होटलमा पनि माधव नेपाल र आफू निकट नेताहरूसँग प्रचण्डले छुट्टै छलफल गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार