काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु संघीय संसदको बर्खे अर्थात बजेट अधिवेशन अन्त्य गरेकी छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारी बिहीबार ५ बजेदेखि लागू हुने संघीय ससदको बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
अधिवेशन अन्त्यको सिफारिस गर्नु अघि प्रधानमन्त्री ओली बिहीबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका थिए । यो पछिल्लो दुई दिनमा दोस्रो भेटवार्ता थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1