हल्दिवारी ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेको दुई घण्टा पछि मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
आत्महत्याको प्रयास गरेका काजली स्थित बाबुलाल टोलका अन्दाजी २१ बर्षिय सन्दिप शर्माको बिएण्सी अस्पतालमा मृत्यु भएको छ। लागुऔषधीको कुलतमा फसेका ती युवालाई २-२ पटक सुधार केन्द्रमा समेत राखिएको परिवारजनले बताएका छ्न ।
हल्दिवारी गाउँपालिका भित्र करिब ३ सय भन्दा बढी १५ देखि २५ उमेर समुहका युवाहरु लागू औंषधीको कुलतमा फसेको अनुमान गर्न सकिन्छ । केही दिन अगाडि उनकै साथिले पनि झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार