जनकपुरधाममा एक १० वर्षीय बालिका मृत अवस्था अवस्थामा फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले घटनास्थललाई सिल गरेको छ । खेतमा धानको विउ रोपिरहेका एक किसानले दुधमती नदीको किनाराबाट गन्ध आएपछि हेर्न जादाँ सो बालिकाको शवलाई देखेर प्रहरी र स्थानीवासीलाई खबर गरेका थिए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका अबेर रातिसम्म घर नफर्किँदा गाउँभर खोज्दा पनि नभेटिएपछि बालिकाका परिवारले बिहीबार विहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । शुक्रबार बालिकाको शव फेला परेको हो । यता प्रहरीले घटनाबारे अनुसन्धान गर्ने क्रममा स्थानीयवासीहरुको आशंकामा एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार