स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ। ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए। तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो। जुरिचको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए।

जुरिच चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ। तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन्। मद्दत ढिलो पुग्यो र दुस्खद निधन भयो, जुरिच प्रहरीकी प्रवक्ताले बताइन्। इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो।

जुरिच चिडियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन्। उनले ती कर्मचारीको परिवारप्रति समवेदना प्रकट गरे। उक्त घटनाका साक्षीहरूलाई मनोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ। चिडियाघर तथा संरक्षण केन्द्रहरूमा जनावरले आक्रमण गर्नु दुर्लभ मानिन्छ। तर जुरिच चिडियाघरमा भएको यो पहिलो आक्रमण भने होइन। सन् २०१९ को डिसेम्बरमा चिडियाघरस्थित एक गोहीले सफाइ गरिरहेका कर्मचारीको हात टोकिदिएको थियो। गोहीले हात नछाडेपछि त्यसलाई गोली हानिएको थियो।

समाचार : बीबीसी नेपाली सेवा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार