हल्दिवारीमा थप एक जना युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ । कतारबाट फर्किएका हल्दिवारी ४ का युवालाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका युवा हल्दिवारी १ स्थित जनजागृती मावीको क्वारेन्टाइन बस्दै आएको र आज उनलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख निरौलाले हल्दिवारी डटकमलाई बताउनु भयो ।

स्वास्थ्य अवस्था सामान्य रहेका उनलाई थप उपचारको लागि गोठ गाउँमा संचालित आइसोलेसन केन्द्रमा लान लागिएको छ । हल्दिवारीमा योसगै कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने २ जना निको भएर घर फर्किएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार