हल्दिवारी – २६ असार । तपाँई हामी जो कोहीले पनि सुत्केरी महिला वा वृद्ध मान्छेले भत्ता पाएको छ सुनेका नै छौं । तर, हल्दिवारी गाउँपालिकामा भने सुत्केरी गाईभैंसीले पनि भत्ता पाएका छन् ।
किसानलाई पशुपालनको लागि प्रोत्सहान र पशुहरुको सम्मानका लागि हल्दिवारी गाउँपालिकाले किसानलाई सुत्केरी भत्ता वितरण सुरु गरेको गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ । हल्दिवारी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत किसानको जीवन उकास्न विभिन्न कृषक लक्ष्यित कार्यक्रम संचालित गरेको गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ ।
हल्दिवारी गाउँपालिकाले गाई भैसीको नक्सल सुधार गरि दूध उत्पादन गर्न जोड दिदै आर्थिक बर्ष ०७५र०७५६ देखि किसानलाई सुत्केरी भत्ता दिदै आएको छ भने आर्थिक बर्ष ०७६ – ०७७ मा ७ सय १९ गाई- भैंसीको सुत्केरी प्रोत्साहन भता किसानलाई दिएको पशु शाखा प्रमुख सानुमाया श्रेष्ठ बताउनु हुन्छ ।
कृतिम गर्भधारण गराई गाई भैंसी सुत्केरी भएपछि किसानले सुत्केरी भत्ता बापत नगद १ हजार पाउने गरेका छ्न ।
गाउँपालिकाले कृतिम गर्भधारण गराई पशुपालन किसानलाई दुग्ध उत्पादन गरि आत्मा निर्भर बन्न २०७५ को मङ्सिर देखि सुत्केरी भत्ता योजना कार्वनयिनमा ल्याएको हो । त्यस्तै पशु शाखाले ५४ लाख ९४ हजार बराबरको पशुधन सुरक्षा ( बिमा ) समेत गरेको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार