देवेन्द्र किशोर ढुंगाना : झापा। सुनसरीको नेपाल भारत सिमाक्षेत्रमा आवतजावत बन्द गरि लकडाउन जारी रहेको अवश्थामा समेत लागुऔषधको ओसारपसार र कारोवार मौलाउदै गएपछि सुनसरी प्रहरीले स्वीप अपरेशन चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरी पारीको भारतिय बजार विरपुरबाट सुनसरीमा लागुऔषध ओसारपसार गर्ने गिरोह विभिन्न समुहमा सक्रिय रहदै कारोवार गरिरहेको घटनाका आधारमा दुई सातादेखि प्रहरी निरिक्षक सरोज खनालको नेतृत्वमा स्वीप अपरेशन चलाएको हो । अपरेशन सुरु गरेको दुई साता पुरा नहुदै प्रहरीले ठुलो परिणाममा लागुऔषधसहित कारोवारीहरुको एउटा गिरोहलाई नियन्त्रणमा लिएको छ सुनसरी हुँदै मोरङ, उदयपुर र सप्तरी तर्फ समेत लागुऔषधको ओसारपसार पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि सुनसरी प्रहरीले लागुऔषध विरुद्धको स्विप अप्रेशन नै चलाएको हो ।

जिल्ला प्रहरी कार्यालयको स्वीप अपरेशन टोलीले भारतको विरपुरबाट सुनसरीमा लागुऔषध जम्मा पारेर कारोबार गर्दै आएको सात जनाको गिरोहलाई नियन्त्रणमा लिन सफल भएपछि शुक्रवार पत्रकार सम्मेलन गरि गिरोहका बारेमा जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक कमल थापाले लागुऔषध सेवनकर्तालाई भन्दा प्रहरीले कारोवारमा संग्लन रहेको समुहको पहिचान गरि मुख्य नाईको खोजी गर्ने अभियान सुरु गरेकाले सात जनाको समुहलाई लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको बताए ।

प्रहरी निरिक्षक सरोज खनाल नेतृत्वको अपरेशन टोलीले सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया, सुनिल कुमार यादब, कोशी गाउँपालिका ६ कै बीरेन्द्र मरवैता यादब, बराहक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सुपौल ग्राम पंचायत बीरपुरका शिबु भनिने राकेश कुमार मण्डललाई ठुलो परिणामको लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले कोशी कटान क्षेत्रबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गर्ने क्रममा उनीहरुले भारतबाट ल्याएर बिक्रीका लागी राखिेको ३२६ बोतल डाईलेक्स डि.सी, स्पास्मोपोक्सिवन १ हजार ८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पक्राउ परेका सातैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार