अविरल वर्षासँगै गएराती पहिरो जाँदा संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना बेपत्ता भएका छन् । तीन जनाको जिवितै उद्दार गरिएको छ । सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सिलिचोङ गाउँपालिका वडा नम्बर दुई स्थित सिसुवा प्रहरी चौकी र वडा नम्बर तीनमा रहेको ताम्गुको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

घटनास्थल विकट स्थानमा रहेको र पानी पर्ने क्रम नरोकिएकाले बिच बाटोमा स–साना पहिरो झरेकोले उद्दारका लागि गएको टोलीलाई सिलिचोङ तर्फ जान पुग्न समस्या परेको डीएसपीले मल्लले बताए । टोलीलाई घटनास्थलमा पुग्न अझै दुई-तीन घन्टा लाग्ने मल्लले बताए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार