काठमाडौं , सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतको नभई नेपालकै अयोध्याका भएको बताएपछि भारतमा खैलाबैला मच्चिएको छ । सोमबार भानु जयन्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै भएको र भगवान राम पनि नेपाली कै भएको दावी गरेका थिए ।

उनले उक्त कार्यक्रममा भगवान राम दक्षिणी नेपालको ठोरीमा जन्मिएको पनि बताएका थिए । प्रधानमन्त्री ओलीले भगवान रामलाई नेपाली भनेपछि भने भारतमा खैलाबैला मच्चिएको छ ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई रामको आस्थामाथिको खेलबाड गर्न नहुने बताएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भनेका छन् – ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

त्यस्तै भारतिय मिडियामा पनि यस बिषयलाई लिएर विभिन्न समाचारहरु आएका छन् । भारतिय मिडिया आजतकले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सास्कृतिक अतिक्रमणको आरोप लगाएको बताएको छ । आजतकले भनेको छ – ” नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादको अर्को मोर्चा खोल्दिएका छन्, उनले भारतलाई सास्कृतिक अतिक्रमणको आरोप लगाएका छन् । ”  क्यानाडा नेपालबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार