नबराज बिकको चितताबाट पत्र
पिरतिको खेलमा आज हार्यो भनिदिए !
एक्लो छोरा मनराजलाई मार्यो भनिदिए !!

हजारौं सपना मेरा पुरा गर्ने भगवानले नि !
हुन्छ पुरा गर्छु भन्दै टार्यो भनिदिए !!
साथी आउलान भेटघाट गर्न सँङ्गि आउलान सोध्न !
खबर सुनाई दोधारमा पार्यो भनिदिए !!

मलाई भेट्न घरमा हैन अनलाईन पठाई दिनु !
अचेल बसाई युटुब तिर सार्यो भनिदिए !!

अन्तिम पत्र चिताबाट पठायो र उसले आज !
सबको आँखा बाट आशु झार्यो भनिदिए !!

निर्दोष गोबिन्द
खार्पुनाथ -४ हुम्ला (हाल-जुम्ला)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार