झापा – नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । शनिबार राति झापा गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिक बीच झडप भएको हो। झडप गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे भएको बताइएको छ।

भारतबाट घरेलु हतियार सहित नेपाल आएका भारतीय नागरिकहरुको समूहले सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको थियो। भारतीयको आक्रमणमा परी दुई सशस्त्र प्रहरी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले घोसणा गरेको लकडाउन पश्चात भारतसँगका सीमा नाका बन्द छन्। भारतीयहरुले विभिन्न समयमा जबर्जस्ति नेपाल प्रवेश गर्न खोज्दा तनाब हुँदै आएको छ।

शुक्रबार र बिहीबार पनि सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय पक्षसँग सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरीको झडप भएको थियो। त्यसक्रममा गोली समेत हानाहान भएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार