– ज्ञानमणि भुर्तेल
लाज छैन ?? छ नि ! कसरी नहुनु ? त्यै लाजको लाजको पोको त बाँकी छ नि अहिले !!हो ! पहिले चै थिएन ! जतिबेला तपाईं सुदुर पश्चिम बाट आएको सोझो विद्यार्थी हुनुहुन्थ्यो ! ‘ वा ‘ हैन ‘ पा’ लेख्नुहुन्थ्यो ! पन्चायत विरुद्ध संघर्षगर्दैहुनुहुन्थ्यो !! प्रजातन्त्र प्रती तपाईंको निष्ठा , पन्चायत विरुद्धको जोस जाँगर , साथिभाई बिच प्रेमभाव !! गाउँले सोझो युवक रोटिलाई समेत रोटा भन्ने !!हो ! त्यसबेला सम्म नि लाज थिएन !!!
लोकल चुस्की लाउन समेत शुक्रबार कुरेर भोटेबहालको साथीको डेरा धाएको मौका पारेर सर्ट पाईन्टमा आईरन दल्न भ्याउदा सम्म पनि लाज सरम थिएन !! मायाँ नै थियोे , प्रेम थियोे !!!पन्चायत छिर्ने संकेत पाएपछि किशुनजी ले पढ्ने बहानामा बेलायत पठाईदिनु भो ! लाज लाग्नै पाएन !! ( उसबेला किशुनजि ले आईडिया नलाउनु भएको भए आज कमल थापाको घर तपाईंको डेरा हुन्थ्यो ) !!बहुदल आयो ! तपाईं फर्किनु भो !! काङ्ग्रेस बाट टिकट पाउनु भो ! सुदुर पश्चिमका १९ मध्ये १८ सिट काङ्ग्रेसका पोल्टामा पार्ने श्रेय बापत गृहमन्त्रीको पदक पाउनु भो !!
शेरे पश्चिम पनि भन्न थाले कसै कसैले !!!साच्चै भनेको ! त्यसबेला सम्म पनि लाज थिएन !! निर्लज्ज नै थिएँ , बेसरम थिएँ !!तर जब गृहमन्त्री हुनु भो ! बिनोद समसेरको ज्वाईं हुनु भो ! रोटा बाट ब्रेडमा पुग्नु भो !! लोकलको लेबल ब्लाक लेबलमा उक्लियो – अब लाज सुरु भो ! झन प्रधानमन्त्री भएपछि त काङ्ग्रेसको नेता भन्दा बढी राणाको ज्वाईं देखिन थालेपछि तपाईंको राजनैतिक उत्थान सगसगै मेरो लाजको उत्थान पनि हुँदै गयो !!! पजेरो संस्कृती तपाईंकै देन हो ! सांसद खरिदबिक्रीको पसल खोल्ने पहिलो ब्यापारी तपाईं नै हैन र ??हो ! त्यसबेला पनि लाज लाग्यो !!
तपाईंको निकम्मापनका कारण ‘ तेरो काङ्ग्रेस ‘ भनेर कुनै ठेट्नाले धारेहात लाउँदा समेत निरज्ज हाँसो हाँस्न बाध्य मलाई त्यसबेला लाज लाग्यो जुनबेला ज्ञानेन्द्रले तपाईंलाई निकम्मा साबित गरेर जेल हाले !!सत्ते ! धरोधर्म त्यसबेला पनि लाज लाग्यो !!!बिच बिचमा लाज लाग्दै गयो ! चुनावताका मेडमलाई लोकल बनाउन कैलालीमा करोडौंको महल किनेको सुन्दा पनि लाज लागेकै हो !
झन राजदुत काण्ड , आईजिपी काण्ड , प्रधान न्यायाधीश काण्ड पछि त मलाई लाज नहुने कुरै भएन !!!यति बिघ्न लाजको भारी सहेर बसेको मलाई तपाईं कसरी हप्काउन सक्नुहुन्छ – लाज छैन ? भनेर !!!
म सग लाज छ ! प्रसस्तै छ !! प्रचुर मात्रामा छ !!!तपाईंले हप्काउनु भो – ने बि संघ कहाँ छ ? भनेर ! तपाईं सगै छ त ने बि संघ जसलाई तपाईंले आफ्नो भित्री बस्त्र बनाउनु भएको छ ! बाथरुम पस्दा खोल्नुहुन्छ ! बाहिर हिंड्दा लाउनु हुन्छ !! तपाईंको लाज छोप्ने जिनिस बनेको छ ने बि संघ !!! आफू निर्लज्ज बनेर !!!!दुरि कायम नगरेको , संगठन नभएको , गाउँ नगएको !! के के हो , के के ???दुरि कायमै छ ! काङ्ग्रेस र ने बि संघको भेट नभएको जुगौ भैसक्यो ! भेटघाट छैन !!!
अब म तपाईंलाई सोध्छु है त –
काङ्ग्रेस कता छ ? संगठन किन ? के का लागि ?? कुनै दिन तपाईंको छोरालाई ने बि संघको सभापतिका रूपमा जय नेपाल भन्नुपर्ने होला हामिले ! मेडमलाई माननीय भन्नू परे झैं !!!! जतिसुकै संगठन गरेपनी काङ्ग्रेसको नियती भनेको प्रचण्डकै छोरिलाई भोट् हाल्नु त होला नि ! तपाईंकै सासू राजदुत ! तपाईं कै स्वास्नी सांसद !!! छोरालाई जिम्मा दिदा भैगो नि ने बि संघ !!! किन हप्काउनु बित्थामा ???? ओलिले पार्टी फोरे सत्तामा जान लगौटी कस्दै हुनुहुन्छ !! तपाईंको सत्ता सुरक्षित छ !! अनि किन चाहियो संगठन ????गाउँ नगएको भनेर चर्को स्वरमा हप्काउने तपाईं कुन कुन गाउँ पुग्नु भएको छ ?
झापा आउँदा बगान भित्रको महलमा पटकपटक ‘ ब्ल्याक लेबल ‘ पिउन पस्दा तुर्सा हेमरेमको झुप्रोमा कति पटक ‘ ब्ल्याक टि ‘ पिउन पस्नु भो ? तुर्सा हेमरेमको गाउँ कुन हो ? थाहा छ ? मास्टर भैया टुडु सुन्नु भएको छ ? बिश्वनाथ घिमिरे कुन गाउँका हुन ? बताउन सक्नुहुन्छ ???सक्नुहुन्न ! थाहा छैन !! तपाईंलाई बिनोद समसेरको महल र बुढानिलकण्ठ दरवार मात्रै याद होला !!!!अँ !! कैलालीको महल पनि याद होला कि ? डडेल्धुराको झुप्रो छ कि पहिरोले पुर्यो ????तपाईं चार पटक प्रधानमन्त्री भएँ भनेर कुर्लिदा लाजले पानी पानी हुँदै तपाईंका चार राम्रा काम बताउन नसकेर लज्जित भएको म – ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छ भनेको छ भन्दा मुलुक अझै साढेसातमै अल्झिने त्रासले त्रसित छु !!!
महासय –
ने बि संघ सग लाज छ ! प्रसस्तै छ !! उसैले लाज धानिदिएका कारण आज तपाईं निर्लज्ज घुम्न पाउदै हुनुहुन्छ छ!!!
कुनै समय पन्चायतको नाङ्गो पिठ्युँ देखेर मुर्दावाद चिच्याउने हैसियत राख्ने ने बि संघ आज तपाईंको नाङ्गो चाक हेरेर जिन्दावाद भट्याउने हैसियतमा किमार्थ झर्दैन !!!
त्यसकारण –
ने बि संघको लाजको चिन्ता छोडेर आफ्नो लाजको नर्सरी स्याहार्न तिर लाग्नुस !! नेता तपाईं नै हो तर सुध्रिनु पर्यो !!
!!!! शुभकामना !!!!
हाल – झापा बिर्तामोड