काठमाडौं – गएराती काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु नै बस्ने भारतीय नागरिक मुन्ना महमद रहेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा युवतीले अर्को केटा मन पराएको भन्दै घटना घटाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने दुवै जना डल्लुमा कालीगढको काम गर्दै आएका थिए।

घटना घटेको केहि घण्टा नबित्दै उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार