– अस्मिता भंडारी
युद्धमा होमिएको सिपाहीले
युद्ध जितेर आउने प्रतिज्ञा गरेको हुन्छ …
ऊ युद्ध हार्ने कल्पना गर्दैन
जित्ने सपना मात्रै देखेको हुन्छ
उसले दुश्मनलाई मार्ने र
आफू जीतको ताज पहिरने
कसम खाएको हुन्छ …निधारमा मातृभूमिको माटोको टीका लगाएर
कम्मरमा खुकुरी र राईफल भिरेर
लडाइँको मैदानमा भिडेको मान्छे
छातिमा धेैर्यता र शाहस बोकेर
लडि रहन्छ निरन्तर … निरन्तर जब सम्म
युद्ध जारी रहन्छ !!यतिबेला ऊ
रणभूमिको मैदानबाट
राईफल ,गोलि , गठ्ठा र
वारुदको धुवाँ सँगै साँटि रहेकोछ जीवनको स्वाद !
आफू माथि बर्षिएका
चौतर्फी दुश्मनका निशानाहरुलाई प्रवाह नगरि
लडिरहेको सिपाहीले विर्सियो ,
बृद्धअबश्थाका आफ्ना बाबुआमा र
भर्खरै दाम्पत्य जीवनमा जोडिन आएकी
सुन्दर परी..जस्तै प्रेयसी !!यतिबेला
युद्धको मैदानमा उ माथि
थुप्रै पटक थुप्रै ..प्याष्त्रहरु प्रहार भएका छन्
कतिले मृत्युको नजिक पुर्याउन खोजे
कतिले पीयूष भनी अफिम चटाउन खोजे
निक्कै चनाखो भएर स्वास फेर्नु पर्ने भो !यतिबेला
समयको महाभारतमा बटुलेका अनुभवहरु
र, काँधमा आईपरेका कर्तव्यका पहाडहरु
सरक्क पन्छाई बाटो मोडेर हिड्न सक्दैन त्यो सिपाहीबरु ,रातदिन लडि रहन्छ ,
माटो प्रतिको कर्तव्यबोध गर्दै
आफ्नी सुन्दर परी जस्तै
प्रेयसीको तस्बिर छातिमा टाँसेर
युद्धमा होमिएको सिपाहीले
युद्ध जितेर आउने प्रतिज्ञा गरेको हुन्छ…
ऊ युद्ध हार्ने कल्पना गर्दैन
युद्ध जित्ने सपना मात्रै देखेको हुन्छ ।
कविता : ‘ सिपाही ‘
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1