देवेन्द्रकिशोर ढुंगाना विरर्तामोड । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोराना भाइरसको संक्रमण जनस्तरसम्म पुगेको बताएका छन् । बर्खे अधिवेसनको अन्तिम दिन प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा कोभिड–१९ समुदायमा जान रोक्न सफल भएपनि अब फैलिएको बताएका हुन् ।

उनले समुदाय स्तरमा सङ्क्रमण फैलिएको सङ्केतहरू मिलिसकेका बताए । राईले स्थानीय तहसँग मिलेर अब ग्रिन र रेड जोन बनाई नियन्त्रणको प्रयास थालिने बताए । उनले भने,‘ कोरोना तीव्र गतिमा फैलने सम्भावना बढेर गएको छ यसलाई नियन्त्रण गर्न पहल थालेका छौ ।

प्रदेश एकमा अन्य प्रदेशमा भन्दा बेलैमा कोरोना रोकथाम र नियन्त्रणको योजना ल्याएकाले पनि समस्या नभएको दाबी गरे । उनले भने, ‘आजको मितिसम्म आइपुग्दा यो संक्रमण जनस्तरमा पुग्यो भन्ने हामी पुगेका छौं ।’ प्रदेश सरकार कोभिड १९ को उपचार र नियन्त्रणमा भने सफल रहेको उनको दाबी थियो ।

उनले सीमाक्षेत्र नाका प्रवेश बिन्दुहरूमा नियन्त्रण गरेर समुदायमा जानबाट कोभिडलाई रोक्न सफल रहेको बताए । प्रदेशसभामा शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले पीसीआर परीक्षणको दायरा बढाएर समुदायमा पु¥याउने बताए । प्रदेश १ लाई स्वीस सरकारले दुई वटा पीसीआर परीक्षण मेसिन शुक्रबार नै सहयोग गरेको जानकारी दिए । संक्रमणको संवेदनशीलताको आधारमा रेडजोन र ग्रीनजोन तोक्ने बेलासमेत आएको उनले बताए ।

उनले संक्रमण पूर्ण नियन्त्रणमा आएर लकडाउन खुलेको नभएको कुरा जनतालाई बुझाउने दायित्व पनि प्रदेश सरकारको भएको जिकिर गरे । समुदायमा तीब्र गतिमा संक्रमण फैलने सम्भावना बढेको भन्दै आवश्यक सावधानी न अपनाइए सिंगो समुदायलाई असर पु¥याउने उनले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार