हल्दिवारी – झापाको सीमा क्षेत्रमा खटिएका जेड दर्जन सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। काँकरभिट्टा सीमा क्षेत्रमा कार्यरत १८ सशस्त्र प्रहरीमा कोरोनाको पुष्टि भएको हो।

सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएका १८ जनामा कोरोनाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो । कोरोना पुष्टि हुने प्रहरीहरुमा १७ पुरुष र १ महिला रहेको जनाइएको छ ।

यस भन्दा अगाडी काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यसपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएकोमा १८ सशस्त्र प्रहरीलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ । संक्रमणको पुष्टि भएकाहरुलाई लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको छ ।

झापामा शुक्रबार साँझ सम्म संक्रमितको संख्या ३ सय ४५ पुगेको छ भने २ सय ९९ जना निको भइसकेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार