puskar bhatta

 – पुष्कर भट्ट 

भस्ट्चार सहन नसकेर राजीनामा भन्ने उपमेयरको भनाईमा केही भन्न मन लाग्यो । यदि साच्चै भस्टचार बिरोधि विचार हो भने किन राजीनामा दिनु ?

चौधरीजि यहि समय हो केही देशका लागि गर्ने जस्ले तपाईंको इतिहास लेखिन्छ । पैसा पदवी सबको इच्छा अन्तरगत पर्छ तर देशका लागि कोहि कोहि सपूत जन्मिरहेको हुन्छ । त्यसर्थ यो समय भनेको ……. कलियुगमा धर्मात्मी ईश्वर भक्त भेटिनु हो । जस्को पुन्य थौरै गरे पनि धेरै पाइन्छ , यो कटु सत्य हो ।

हरेक नेपालीको रगत जुन वीर गोर्खालीको अम्श भनिन्छ । समय आएको छ हामी सबै मिलेर देशमा बढिरहेको भस्टचारको अन्त्य गर्ने ।हरेक ऎतिहासिक लडाइँ कठिन अवस्य हुन्छ ,तर अर्थ बिहिन हुदैन ।

हाम्रा लागि र हाम्रा भावी पुस्ताका लागिका लागि यो देशको फ़ोहोर लाई जरैदेखि उखालेर फ्याक्ने कसम खानु पर्छ । र मलाई विस्वास छ यदि तपाईं साच्चै भस्टचार विरोधी हो भने तपाईं लाई देशका हरेक नेपाली ले साथ दिनेछ्न । बाकी सबै पशुपति नाथको जिम्मा जय भोले शंकर । सिनेमा कर्मी ( कलाकार ) , क्यानाडा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार