दिनेश कार्की -गाईघाट । इनरुवा घर भएका एक जनामा कोरोना पोजेटिभ भेटिएपछि उनी सँग सम्पर्कमा १२ जनासहित ४१ जनाको स्वाव परिक्षणको नतिजा नेगेटिभ आएको छ ।
इनरुवा नगरपालिका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताका अनुसारका गत शुक्रवार कोरोना पोजेटिभ आएका एक पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका १२ जना र इनरुवा बजार क्षेत्रका २९ जना व्यापारीहरुको स्वाव संकलन गरि परिक्षणका लागी पठाईएको थियो । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाव परिक्षणको नतिजा अनुसार सवै ४१ जनाको नेगेटिभ आएको स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताए ।
इनरुवा ३ महेन्द्रचौकका एक स्थानियमा कोरोना सक्रमण देखिएपछि शुक्रवारदेखी इनरुवाको बजार पसल बन्द गरि बैक तथा वित्तीय सस्थाँहरु सगै नगरपालिकाका सवै सेवा बन्द गरिएको थियो ।
इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सघ इनरुवा, र जनप्रतिनिधि सहितको बैठकले इनरुवा बजार पुर्णरुपमा लकडाउन गर्ने निर्णय भएपछि चारदिनदेखी लकडाउन गरिएको बजार पसल परिक्षणको नतिजा सार्वजनिक भए लगतै खुलेका छन ।