कृष्ण पोखरेल : बिर्तामोड- कोरोना भाईरसको सक्रमण समुदायमा फैलिएको महसुस गरि बिर्तामोड नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय भएको छ। आज राती १२ बजे बाट लागु भई अनिश्चित कालिनका लागि लकडाउने गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
बिर्तामोड नगरमा समेत कोरोना संक्रमणको जोखिम बढन थालेपछि यो निर्णय गर्नु परेको कार्यपालिका सदस्य गीता घिमिरेले बताउनु भयो। बिहान ८ बजे बाट ११ बजे सम्म खाध्यान्न र दुध का पसल खोल्न दिईने छन् ,स्वास्थ्य क्षेत्रका बाहेकका उधोग ब्यबसायहरू,बैक वित्तिय संस्था बन्द गर्ने , (बिधुत मर्मत ब्यबस्थापन , दुरसंचार जस्ता अति आवश्यक क्षेत्र खुल्ला हुने छन्)। लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने त्यस्तै स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिदै अति आवश्यक खाधान्न लगायतको ढुवानी साधन चल्न पाउने छन्।
निजी तथा सार्वजनिक सवारी साधन समेत नगर क्षेत्रभित्र चल्नलाई बन्देज गरिएको छ। अतिआवश्यक काम परे नगर ,वडा संग संपर्क गरि प्रहरी प्रशासन संग समन्वय गर्ने भनिएको छ । यसैगरि नगरपालिकाको कोरोना रोकथाम नियनत्रण बाहेक सबै कामकारवाही समेत बन्द रहेछ। बिर्तामोडमा संक्रमित भएका बिरामीहरू संगको ट्रेसिङ टेष्टिङ गर्न अर्को सुचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने कार्यपालिका सदस्य गीता घिमिरे ले बताउनु भयो।
सबै जन समुदाय सरोकार सबैमा सहयोगको अपेक्षा गर्दै जनसमुदायमा संक्रमणबाट सुरक्षित रहन आवहान गरिएको छ। लकडाउनको उलङ्घन गरेमा कारवाहि गरिने बताईएको छ। आईतबार नगपालिका मा भएको सर्वपक्षिय बैठकमा नगरको प्रकोप ब्यबस्थापन समिती,नागरिक समाज ,संघ एवम् प्रदेश सांसदहरू,कार्यपालिका सदस्य,बैकंर्स,रेडक्रस,उधोग बाणिज्य संघ प्रहरि प्रशासन लगायतको उपस्थिति थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार