कमला भट्टराई भद्रपुर। प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो ।

श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ मा सरकार तथा सरकारको उच्च ओहदाका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको यो पहिलो केस हो ।

सरकारको उच्च ओहोदाको व्यक्तिको आउजाउ मुख्यमन्त्री कार्यालयमा समेत हुने भएका कारण सरकारस्तरीका अन्य पदाधिकारीमा समेत संक्रमणको जोखिम बढ्ने संभावना देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार